सांसद निलम्बनको विषयमा मतदान हुने

पत्रपत्रिकाबाट

बुधबार, ०२ जेठ २०७५, ०७ : ०७
सांसद निलम्बनको विषयमा मतदान हुने

काठमाडौं । प्रतिनिधिसभाको नियमावलीमा पक्राउ परेका सांसदलाई निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा संसदमा मतदान हुने भएको छ । नियमावलीमा निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा प्रमुख दलहरु विभाजित भएपछि सभामुख कृष्ण बहादुर महराले मंगलबार अनौपचारिक रुपमा प्रमुख दलका शीर्ष नेतासँग दिनभर छलफल गरेका थिए ।

छलफलमा दलहरुबाट आआफ्नो अडान कायम रहेपछि यसलाई मतदान गरेर टुंगो लगाउने तयारी गरिएको एमालेका एक नेताले बताए । आजको नागरिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस