भूमाफियाहरूले जथाभावी ठाउँठाउँमा जग्गा हडप्दै गए : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

मंगलबार, २९ चैत्र २०७८, १३ : ५३
भूमाफियाहरूले जथाभावी ठाउँठाउँमा जग्गा हडप्दै गए : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूमाफियाहरूले काठमाडौंका ठाउँठाउँमा जथाभावी जग्गा हडप्दै गएकाले कडाइ गरिनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौंमा खाली ठाउँ नै नहुने गरी जग्गा हडपिएको बताएका हुन् ।

भूमाफियाहरूले जथाभावी ठाउँठाउँमा जग्गा हडप्दै गएका छन् । कसरी गरेका छन् पनि थाहा छैन । भोलि काठमाडौंमा खाली ठाउँ नै हुने छैन । यसमा पनि ध्यान दिनुपर्छ प्रधानमन्त्री देउवाले भने, 'खाली ठाउँ सबै आफ्नो नाममा गरेका छन् । यसमा पनि सहरी मन्त्रालय, गृह मन्त्रालयले सबै मिलेर काठमाडौंका खाली ठाउँहरूलाई जोगाउन ध्यान दिनुपर्छ ।'

त्यस्तै फरक प्रसंगमा उनले निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेकाले त्यसलाई ध्यान दिन पनि सबैलाई आग्रह गरे।


 

प्रतिक्रिया दिनुहोस