एनएमबि बैंकद्धारा प्राक्टिकल एक्सन परियोजनाको सहयोगमा ५२ हजार थान चुल्हो वितरण

सफल खबर संवाददाता

मंगलबार, २९ चैत्र २०७८, ०८ : ४८
एनएमबि बैंकद्धारा प्राक्टिकल एक्सन परियोजनाको सहयोगमा ५२ हजार थान चुल्हो वितरण

काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्सन दक्षिण एसिया क्षेत्रीय कार्यालय काठमाडौंको रिजल्ट बेस फाइनान्सिङ परियोजनाअन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुलो वितरण गरेको छ ।

बैंकले प्राक्टिकल एक्सनसँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो ।परियोजनाअन्तर्गत नेपालमा सुधारिएको चुलो वितरण गरेर ग्रामीण भेगका जनताहरुको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ प्राक्टिकल एक्सन परियोजनासँग बैंकले सहकार्य गरेर नुवाकोट, धादिङ, गोर्खा, रसुवा, चितवन, मकवानपुर, पर्वत, म्याग्दि, बाग्लुङ, अर्घाखाँची, गुल्मी र स्याङ्जाका विभिन्न ग्रामीण भेगमा सुधारिएको चुलोहरु वितरण गरेको हो ।

बैंकको भ्यालु बेस बैंकिङको अवधारणाहरुमध्येको ‘नाफाभन्दा अघि मानिसहरुको बारेमा सोच्ने’ सिद्धान्तअनुसार बैंकको लघुवित्त विभागले प्राक्टिकल एक्सनसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक सम्पन्न गरेको हो भने यस परियोजनाको साथ साथै अन्य विभिन्न परियोजनाहरुसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस