अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु

एजेन्सी

सोमबार, २८ चैत्र २०७८, १३ : १३
अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु

अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गोलीबारी स्थानीय समयानुसार आइतबार बिहान १ः २७ बजे  डाउन टाउन सिडर र्यापिड्सको ट्याबू नाइट क्लबमा भएको थियो ।

गोली लागेर दुई जनाको मृत्यु भएको छ  । अन्य घाइते १० जनालाई नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले सम्भावित संदिग्धको बारेमा खोजी जारी राखेको छ । –एएनआई÷स्पुतनिक
 

प्रतिक्रिया दिनुहोस