छन्त्याल संघमा नयाँ नेतृत्व

सफल खबर संवाददाता

सोमबार, २८ चैत्र २०७८, ११ : ०१
छन्त्याल संघमा नयाँ नेतृत्व

काठमाडौँ । नेपाल छन्त्याल संघको अध्यक्षमा मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित भएका छन्। म्याग्दी सदरमुकाम बेनीमा आइतवार सम्पन्न संघको सातौं राष्ट्रिय महाधिवेशनले मनमोहनलाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो।उनले २०४ मत र उनका प्रतिद्वन्द्वी गजेन्द्र छन्त्यालले ११२ मत प्राप्त गरेको निर्वाचत समितिका संयोजक चित्र घरब्जा छन्त्यालले जानकारी दिए। महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मनमाया छन्त्यालले १८५ प्राप्त गर्दै निर्वाचित भएकी छन्। वरिष्ठ उपाध्यक्षका प्रत्यासी पदम डाँडामारे छन्त्यालले ७७ र र देवप्रसाद घरब्जा छन्त्यालले ३७ मत प्राप्त गरेका छन्।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र तीन खुला सदस्यमारु मतदान भएको थियो। निर्वाचन भएको खुला सदस्यमा श्याम पाल्ताङे छन्त्याल, नरेन्द्रकुमार छन्त्याल र घनसा छन्त्याल विजय भएका छन्।संघको उपाध्यक्षमा हरिचन छन्त्याल, महिला उपाध्यक्षमा यमुना छन्त्याल, उपाध्यक्ष (गण्डकी प्रदेश) खिमबहादुर छन्त्याल, उपाध्यक्ष (लुम्बिनी प्रदेश) लाकेप्रसाद छन्त्याल, उपाध्यक्ष (बागमती प्रदेश) चक्रबहादुर घरब्जा छन्त्याल, महासचिवमा कृष्णबहादुर छन्त्याल, उपमहासचिवमा घनबहादुर छन्त्याल, सचिवमा समप्रसाद छन्त्याल र महिला सचिवमा थममाया छन्त्याल सर्वसम्मत चयन भएका छन्।

यस्तै‚ कोषाध्यक्षमा शिवप्रसाद छन्त्याल र सहकोषाध्यक्षमा यमबहादुर छन्त्याल चयन भएका छन्। महाधिवेशनले ३२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस