हेटौडा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि ९ जना र उपमेयर पदको लागि ७ जनाको नाम सिफारिस गरिएको छ ।
आइतबार बसेको नगर कमिटिको बैठकमा सहमति नजुटेपछि आकांक्षी सबै जनाको नाम जिल्ला कमिटिमा सिफारिस गरिएको हो । हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि आकांक्षी हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई सिफारिस गरिएको हो ।
महत अहिले पनि मेयर छन् भने खुलाल जिल्ला समन्वय समितिका प्रमुख हुन् । राना नेकपा एमाले केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ जिल्ला अध्यक्ष हुन् । यस्तै मेयरका अर्का आकांक्षी पौडेल दोश्रो संविधानसभा सदस्य ह्न् । दाहाल र चौंलागाईं अधिवक्ता हुन् भने महर्जन यस अघि हेटौंडा उपमहानगरपालिकाको वातावरण महाशाखा प्रबन्धकमा कार्यरत थिए ।
मेयर पदमा सिफारिस एक मात्र महिला प्रधान भने जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य छिन् । उपमेयर पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता बिष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ चैत्र २०७८, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)