काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि भरतपुर महानगर पालिकाको प्रमुखमा नेपाली काँग्रेसका १३ जना र उपप्रमुखमा नौ जना आकाङ्क्षी देखिएका छन् ।
आइतबार भएको मनोनयन दर्तामा प्रमुखतर्फ मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शङ्कर कँडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, नीलकण्ठ शर्मा रिजाल र गौरीकुमारी श्रेष्ठ रहेका छन् ।
यस्तै, उपप्रमुख पदमा तारा गुरुङ, बुद्धिकान्त न्यौपाने , लक्ष्मी लामिछाने , नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, टकनाथ पौडेल, पूर्णबहादुर गुरुङ र राजीव न्यौपानेले मनोनयन दर्ता गराएका महानगर काँग्रेसले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २८ चैत्र २०७८, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन