हरेक प्रदेशमा १/१ वटा मेडिकल कलेज सरकारले स्थापना गर्छ : शिक्षा मन्त्री पौडेल

प्रकाश सिग्देल

आइतबार, २७ चैत्र २०७८, १८ : २१
हरेक प्रदेशमा १/१ वटा मेडिकल  कलेज सरकारले स्थापना गर्छ :  शिक्षा मन्त्री पौडेल

चितवन । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री दबेन्द्र पौडेलले हरेक प्रदेशमा १÷ १ वटा मेडिकल  कलेज सरकारले स्थापना गर्ने बताएका छन् । भरतपुर महानगरमा यहाँका शिक्षक अगुवाहरुसंग भएको छलफलमा मन्त्री पौडेलले नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै ९८ अर्ब रकम बाहिर गइरहेकाले देशैमा मेडिकल शिक्षा सहज रुपमा पढ्न सक्ने वातावरणका लागि हरेक प्रदेशमा १÷१ वटा सरकारी मेडिकल कलेज स्थापनाका लागि सबै आफुले काम गरिरहेको बताए ।

रिसर्च सेन्टर पनि सातै प्रदेशमा स्थापना गर्ने तयारी भएको र सातै प्रदेशमा आवासीय ठूला महा विद्यालय बनाउन आफुले मन्त्रिपरिषदमा प्रस्ताब गरेको समेत बताए । देशैभरिका पालिकाको आवश्यकताका आधारमा १ पालिका १ प्राविधिक शिक्षालय स्थापना गर्ने र भूंगोल अनुसारको पाठ्यक्रम तयार पारेर पढाउने पनि उनले बताए ।  

राज्यले चाहेको जनशंक्ति निर्माण गर्ने गरि प्राविधिक जनशंक्तिलाई ब्यवस्थापन गर्ने उनको तर्क छ । आफु मन्त्री बनेपछि ऐन कानुन बनाउने बिषयमा निकै सक्रिय भएर लागेको र शैक्षिक विकासमा धेरै कामहरु गरिसकेको दाबी गरे । त्यस्तै चितवनमा बन्न लागेको शिक्षक अस्पतालमा निजि विद्यालयका शिक्षकले पनि उपचार गर्न पाउने उनले बताए ।

 निजी स्कुलका शिक्षक भएपनि उनीहरुले पनि देशकै शैक्षिक विकासका लागि काम गरेकाले उनीहरुले पनि त्यहाँ उपचार गर्न पाउने उनको भनाई छ ।पौडेलले अस्पताल बन्ने जग्गााको निरीक्षण गरि छिटै महानगरबाट गर्नु पर्ने आवश्यक कामहरु पुरा गरेर मन्त्रालयमा फाइल पठाउन पनि आग्रह गरे ।शिक्षा र स्वास्थ्य दिने निकाय नाफा मुलक नभएर सेवा मुलक भएकाले सेवालाई ध्यान दिएर सर्वसुलभ गुणस्तरीय सेवा दिन आग्रह गरे ।

डाक्टर इन्जिनियर र पाइलटलाई हुने जस्तै सम्मान शिक्षकलाई गर्नु पर्ने , शिक्षक खुसि नहुदाँ सम्म राम्रो र दक्ष जनशंक्ति उत्पादन नहुने भएकाले शिक्षकलाई उच्च सम्मान हुने गरि आफुले ऐन बनाउने तयारी गरेको समेत बताए । त्यस्तै अन्य निजामती कर्मचारीसरह शिक्षकहरुलाई सेवा सुविधा समान गरिने र यसमा निर्णय भइसकेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस