अष्ट्रेलियामा मे २१ मा चुनाव हुने

सफल खबर संवाददाता

आइतबार, २७ चैत्र २०७८, १७ : १३
अष्ट्रेलियामा मे २१ मा चुनाव हुने

अष्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनले आगामी मे २१ मा संघीय चुनाव आह्वान गरेका छन् । गभर्नर जनरल डेभिड हर्लीसँगको छलफलपछि मोरिसनले चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ ।

मत सर्वेक्षणमा आगामी निर्वाचनबाट अष्ट्रेलियामा सरकार परिवर्तन हुने र एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको विपक्षी लेबर पार्टी सरकारमा आउने देखिएको बीबीसीले जनाएको छ ।यसअघि सन् २०१९ मा भएको निर्वाचनमा पनि लिबरल पार्टीले सरकार गठन गर्न नसक्ने र लेबर पार्टीले सरकार बनाउने नतिजा आएको थियो । यद्यपि बहुमत ल्याउँदै लिबरल पार्टीको गठबन्धन सरकार बनाउन असफल रह्यो ।

हाल संसद्मा उनको मध्य दक्षिणपन्थी लिबरल पार्टीको संसद्मा कायम १ सय ५१ मध्ये ६० सिट छ । लिबरल पार्टीले १५ सिट रहेको नेशनल पार्टीसँग सत्ता चलाउन गठबन्धन बनाएको छ । यसअनुसार अष्ट्रेलियाको संसद्‍मा सत्तारुढ गठबन्धन केबल एक सिटले अघि छ । विपक्षी लेबर पार्टीसँग भने ६८ सिट छ ।

प्रतिक्रिया दिनुहोस