काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित गरेको छ । शनिबार र आइतबार बसेको पार्टी केन्द्रीय सचिवालयको बिसौँ बैठकले स्थानीय निर्वाचन घोषणा पत्र–२०७८ को मस्यौदामा छलफल गरी सुझावसहित पारित गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए ।
बैठकले १ हजार १११ जनाको निर्वाचन परिचालन कमिटी गठन समेत गरेको छ । अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा केन्द्रीय कमिटी, तीनैवटा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरू, जनसङ्गठनका केन्द्रीय पदाधिकारीहरु समेत रहेको १ हजार १११ जनाको मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको भुसालको भनाइ छ ।
यस्तै महासचिव बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, डा गंगालाल तुलाधर, डा विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय समेत गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ चैत्र २०७८, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूमा समानान्तर कमिटी घोषणा
कुलिङ पिरियड हटाउन उच्चपदस्थ कर्मचारीले दिएको धम्कीसँग नडराउन प्रधानमन्त्रीलाई आग्रह
भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गरियोस् : एकीकृत समाजवादी
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बोलाउन माग
एकीकृत समाजवादीको आरोप – ओलीको निर्देशनमा मुद्दा दायर गरियो