विश्वकै पहिलो रे ट्रेसिंग थ्रीडी वालपेपर प्रदर्शित

सफल खबर संवाददाता

आइतबार, २७ चैत्र २०७८, १४ : २०
विश्वकै पहिलो रे ट्रेसिंग थ्रीडी वालपेपर प्रदर्शित

काठमाडौं।ग्लोबल प्राविधिक ब्राण्ड ओपोले गेम डेभ्लपर्स कन्फरेन्स २०२२ (जीडीसी) मार्फत विश्वकै पहिलो रे ट्रेसिंग थ्रीडी वालपेपर प्रदर्शित गरेको छ।

कन्फरेन्स २०२२ (जीडीसी) मार्फत स्मार्टफोनका लागि उद्योगकै पहिलो रे ट्रेसिङ एप्लिकेशन–कलर ओएस रे ट्रेसिंग थ्रीडी वालपेपर्स प्रदर्शित गरेको हो ।कार्यक्रममा उपस्थित भएकाहरुले चीनमा सार्वजनिक गरिएको ओपोको नयाँ फ्ल्यागशिप स्मार्टफोन मल्टिपल रियल–टाइम रे ट्रेसिङ वालपेपरहरूको प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त गरेका थिए । थ्रीडी वालपेपर एप्लिकेशन यसै वर्ष भित्रै एपीके मार्फत सार्वजनिकको तयारी भइरहेको जानकारी दिइएको छ ।

ओपोले सन् २०१८ को सुरुदेखि नै आफ्नो रे ट्रेसिङ प्रविधि विकासको थालनी गरेको थियो ।यही वर्ष भित्रै ओपोले फाइन्ड एक्स ५ प्रो का प्रयोगकर्ताहरुका लागि थ्रीडी वालपेपर एप्लिकेशनलाई एपीकेका रुपमा विश्वभरका डेभलपर्स, कलाकार, डिजाइनरहरुले आफ्नो रचनात्मकता प्रस्तुत गर्न सकुन् भन्ने सोचका साथ एसडीके प्योकजका रुपमा उपलब्ध गराउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस