हिमाल आरोहणमा ५ सय ५ जनाले लिए अनुमति

सफल खबर संवाददाता

आइतबार, २७ चैत्र २०७८, ११ : १७
हिमाल आरोहणमा ५ सय ५ जनाले लिए अनुमति

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथासहित विभिन्न १८ हिमाल आरोहणका लागि यस वर्ष ५ सय ५ जनाले अनुमति लिएका छन्। गत शुक्रबारसम्ममा सगरमाथा आरोहण गर्न सबैभन्दा बढी २०४ जनासहित ५०५ जनाले अनुमति पाएको पर्यटन विभागले जनाएको छ। 

विभागको तथ्यांक अनुसार आरोहणका लागि अनुमति लिनेहरुमा ३ सय ८९ जना पुरुष र ११६ जना महिला छन्।जसमा आमादब्लम हिमालका लागि ४ समूहका ३९ जना, अन्नपुर्ण–१ मा ४ समुहका २६ र ल्होत्से हिमाल आरोहणका लागि ६ समुहका ५२ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको टोलीबाट सरकारलाई २९ करोड ७४ लाख ३४ हजार ८०१ रोयल्टी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस