रुसी सेनाको प्रतिकार गर्न स्लोभाकियाले पनि दिने भयो युक्रेनलाई हतियार

एजेन्सी

आइतबार, २७ चैत्र २०७८, ०९ : ४७
रुसी सेनाको प्रतिकार गर्न स्लोभाकियाले पनि दिने भयो युक्रेनलाई हतियार

एजेन्सी । रुसले युक्रेनमा अतिक्रमण गरेको ६ साता बितेको छ । रुसी हमलाको प्रतिकार गर्न युक्रेनले छिमेकी देशहरूसँग हतियार सहयोग माग गर्दै आएको छ ।

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले नेटोको मुख्यालयमा फेरि अर्को अनुरोध गरेका छन् । उनले विमानहरू, बख्तरबंद सवारी साधनहरू, वायु रक्षा प्रणाली र भूमिमा आधारित एन्टी–शिप मिसाइलहरू माग गर्दै आएका छन् । 

उनको मागपछि नेटोको सदस्य स्लोभाकियाले एस–३०० वायु रक्ष प्रणाली युक्रेनलाई सहयोग गर्ने प्रधानमन्त्री इडुवार्ड हेगरले बताएका छन् ।किभलाई ३० देशहरूले सैन्य सहयोग गर्ने अमेरिकाले बताइरहेको भोलिपल्ट स्लोभाकियाले हतियार प्रदान गर्ने घोषणा गरेको हो । यसअघि अस्ट्रेलियाले पनि युक्रेनलाई हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । 

‘म यो पुष्टि गर्न चाहन्छु कि स्लोभाकियाले युक्रेनलाई हवाई रक्षा प्रणाली एस–३०० उपलब्ध गराएको छ । युक्रेनले बहादुरीका साथ आफ्नो सार्वभौम देशको रक्षा गर्दैछ ।  सहयोग गर्नु हाम्रो कर्तव्य हो’, प्रधानमन्त्रीले ट्विट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस