काठमाडौं । सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरबीच टसल सुरु भएको छ । न्याय परिषद्को २६ फागुनको बैठकबाट मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेसँगै कामु प्रधानन्यायाधीश कार्कीसँग टसल सुरु भएको हो ।
यसअघि सर्वोच्चमा मुख्य रजिष्ट्रार भएकाहरू उच्च अदालतमा मुख्य न्यायाधीशमा सिफारिस भएकोमा कुँवरलाई न्याय परिषद् बैठकले न्यायाधीशमा मात्रै सिफारिस गरिएपछि उनले अस्वीकार गर्दै आएका छन् ।
एक महिनाअघि नै न्याय परिषद्ले कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । तर, उनले न्यायाधीशमा नगई मुख्य रजिष्ट्रारमै रहने अडान राख्दै आएका छन् । अडानकैबीच कुँवर लामो समयदेखि बिदामा बसे । मुख्य रजिष्ट्रार कुँवरले आफू उच्च अदालतको न्यायाधीशमा नजाने भन्दै कामु प्रधानन्यायाधीशलाई निवेदन दिए । सर्वोच्चमा विदा सकेर पुनः मुख्य रजिष्ट्रारको काममा फर्किएका कुँवरलाई दुई दिनअघि कामु प्रधानन्यायाधीशले पाटन उच्च अदालतमा हाजिर हुन निर्देशन दिएका छन् ।
कामु प्रधानन्यायाधीश कार्कीले निर्देशन दिए पनि कुँवर उच्च अदालतमा नजाने अडानमा छन् । मुख्य रजिष्ट्रार कुँवरको अडानपछि कामु प्रधानन्यायाधीश कार्की अप्ठ्यारोमा परेका छन् । मुख्य रजिष्ट्रारको उपस्थितिमा आफूले सर्वोच्चमा काम गर्न नसक्ने भन्दै कामु प्रधानन्यायाधीश कार्की अबको तीन दिनभित्रमा पनि उच्च अदालतको न्यायाधीशमा हाजिर हुन नगए परिषद्बाट कारबाही थाल्ने तयारीमा रहेको सर्वोच्च स्रोतले बतायो ।
कामु प्रधानन्यायाधीश कार्की मुख्य रजिष्ट्रार कुँवरका कारण आफूअनुकूल काम गर्न सक्ने अवस्थामा छन् । कार्कीले आफू मुख्य रजिष्ट्रार पद न्यायाधीशको लिस्नो बनाउने पक्षमा आफू कहिल्यै नरहेको बताउने गरेका छन् । यसअघि पनि सर्वोच्चका मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकबाट उच्च अदालतको मुख्य न्यायाधीश बनाउँदा ‘नोट अफ डिसेन्ट’ लेखेर असहमति जनाएका थिए ।
मुख्य रजिष्ट्रारलाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउन हुँदैन भन्ने पक्षमा रहँदै आएका कामु प्रधानन्यायाधीश कार्कीले योपटक आफ्नो नेतृत्वमा न्याय परिषद्को बैठकबाट कुँवरलाई उच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरेको थियो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २७ चैत्र २०७८, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश
जापान लक्षित भाषा परीक्षणसम्बन्धी रिट निवेदन सर्वोच्चबाट अस्वीकृत
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
आधिकारिकताको माग गर्दै देउवा पक्ष सर्वोच्चमा
पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै