किभ । रुसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीब्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान अनुरोध गरेको छ । सो क्षेत्रका सहर र गाउँमा अझै ३० प्रतिशत वासिन्दा रहेको र ठूलो संख्यामा रुसी फौज परिचालन भएकाे राेयटर्स समाचार संस्थाले जनाएको छ ।
रुसले पूर्वीयुक्रेनको दोनबासमा आफ्नो हमला तीव्र पारेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले त्यहाँ खाली गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो । यसैबीच, रुसले युक्रेनमा आफ्नो सैन्य नेतृत्वलाई पुनर्गठन गरेको छ । जनरल अलेक्जेन्डर दिभोरनिकोभलाई सम्पूर्ण जिम्मेवारी दिइएको छ ।
जनरल अलेक्जेन्डरमा सिरियामा भएका रुसी कारबाहीमा राम्रो अनुभव भएको पश्चिमा अधिकारीहरुले बताएका छन् । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २६ चैत्र २०७८, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु