काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता २०७८ आज शनिबारदेखि लागू गरेको छ ।
अचारसंहिता लागू भएसँगै प्रधानमन्त्री, मन्त्रीदेखि सरकारका सबै निकायमा कार्यरत उच्चपदस्थ, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधि तथा विभिन्न संघसंस्था र सर्वसाधारण मतदातासमेत अनुशासन र निश्चित सीमामा बस्नुपर्नेछ ।
२०७९ साल ३० भदौमा स्थानीय तहको निर्वाचन हँुदै छ । सोही निर्वाचन लक्षित गर्दै आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो ।
निर्वाचन आयोगले शुक्रबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको हो । आयोगले शुक्रबार पत्रकार सम्मेलनगर्दै निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको हो । यसअघि ३ चैतमा आयोगले निर्वाचन आचारसंहिता प्रकाशित गरेको थियो ।
आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दल, व्यक्ति तथा सरकारी निकायलाई बाध्यकारी हुनेगरी निर्वाचन आचारसंहिता लागू गरेको छ । यो आचारसंहिता, प्रधानमन्त्री, मन्त्री, सबै राष्ट्रसेवक कर्मचारी, संवैधानिक निकाय, सबै सुरक्षा निकाय, प्रदेश सरकार र स्थानीय सरकारका जनप्रतिनिधि र उच्चपदस्थहरूका लागि लागू हुने आयोगले जनाएको छ । साथै सबै संघसंस्था तथा सर्वसाधारण नागरिकले समेत निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेछ । राजधानी दैनिक मा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २६ चैत्र २०७८, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा
निर्वाचनसम्बन्धी विशेष इकाइहरू बन्द
समानुपातिक सांसदलाई चैत पहिलो साताभित्र प्रमाणपत्र दिने आयोगको तयारी
निर्वाचन आयोगले भन्यो : ‘फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्छ’