काठमाडौं । तपाईंको पार्टी चुनावमा जान्छ ?
‘हामी त चुनावमा जान्छौं।’
त्यसका लागि दल दर्ता गर्नु
पर्ला नि ?
‘त्यसको प्रावधान के छ भनेर बुझ्न आ’को’
भित्र आयोगका पदाधिकारीसँग के छलफल भयो ?
‘आफैं बुझिहाल्नुस्’
निर्वाचन आयोगबाट बाहिरिँदै गर्दा विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भने । विस्तृत बताइदिनुभन्दा भन्दै उनी गाडी चढेर हिँडे।
कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्वाचनमा सहभागी नहुने विप्लव नेतृत्वको पार्टीले निर्णय गरेको थियो। बिहीबार निर्वाचनमा सहभागी कसरी हुने भन्ने विषयमा प्रकाण्डले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई भेटेका हुन्।
भेटमा पार्टी प्रवक्ता प्रकाण्डले दल दर्ताबारे आयोगसँग परामर्श गरेका थिए। यस्तै, निर्वाचनमा सहभागिताबारे छलफल भएको थियो। साथै आयोगले निर्वाचन सन्दर्भमा गरेको तयारीबारे जिज्ञासा राखेको थियो। स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन्। दल दर्ताको समय गत फागुन १५ मा सकिएको थियो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २५ चैत्र २०७८, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव