कोरोना अपडेट : थप ७ जनामा संक्रमण पुष्टि, २५ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, २४ चैत्र २०७८, १५ : ३७
कोरोना अपडेट : थप ७ जनामा संक्रमण पुष्टि, २५ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६६८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ७ जना र १ हजार ८४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि संक्रमण देखिएको छैन ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६९२ पुगेको छ । सोही अवधिमा ५० हजार ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ७ सय ४७ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा २५ जना कोरोना मुक्त भएका छन । यसैगरी कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा  कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।