सात हजार पाँच सय कर्मचारी स्थानीय तहमा अपुग

पत्रपत्रिकाबाट

मंगलबार, ०१ जेठ २०७५, ०८ : ३०
सात हजार पाँच सय कर्मचारी स्थानीय तहमा अपुग

पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको सोमबार एक वर्ष पूरा भएको छ । यो अवधिमा दलका घोषणापत्रअनुसार कुनै पनि कामको मेलो अघि नबढेको सवत्र गुनासो छ। तर जनप्रतिनिधिको आफ्नै गुनासा छन्।  कतै कर्मचारी अभाव त कतै कर्मचारीको हालीमुहालीको पुरानै धङधङीले गर्दा जनप्रतिनिधीले काम गर्न नपाएको गुनावो छ।

सरकराले ऐन बनाउन ढिलाई गर्नु र कर्मचारी पठाउने प्रक्रिया नै ढिला गर्नुले स्थानीय तहमा अझै साढे पसात हजार कर्मचारीको अभाव छ । स्थानीय तहमा ३७ हजार ७९६ जना कर्मचारी आवश्यक पर्नेमा ७ हजार ४९४ कर्मचारी अपुग रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।, यो खबर आजको राजधानीदैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस