फेवा नव वर्ष सडक महोत्सव वैशाख १ गते

सफल खबर संवाददाता

विहीबार, २४ चैत्र २०७८, १२ : ५०
फेवा नव वर्ष सडक महोत्सव वैशाख १ गते

काठमाडौं ।कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न वैशाख १ गते १७ औं फेवा नववर्ष सडक महोत्सव हुने भएको छ।नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० गतेदेखि वैशाख १ गतेसम्म १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको हो। कोरोना महामारीको कारण दुई वर्ष रोकिएको सडक महोत्सव पोखराको पर्यटन पुनर्उस्थानका लागि सडक महोत्सव गर्न लागेको होटल संघ पोखराका अध्यक्ष तथा महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताए।

उनले पछिल्लो समय नेपाली नयाँ वर्ष पनि उत्साहका साथ मनाउन थालिएकाले पोखरा सडक महोत्सवमा १ लाखभन्दा बढी आन्तरिक पर्यटन आउने अनुमान रहेको बताए। संयोजक सुवेदीले महोत्सवमा ३५ लाख रूपैयाँ खर्च हुने बताए। पोखराको सबै होटल गरेर पर्यटकको लागि बेड क्षमता ४० हजार रहेको उनको भनाइ छ।‘कारोबारको हिसाबमा व्यापारभन्दा पनि पोखराको पर्यटन प्रवर्द्नन गर्ने उद्देश्य रहेको छ‚’ उनले भने‚ ‘संस्थाले घाटा नै खाएर भए पनि महोत्सव भए पनि ३५ लाख रुपैयाँ खर्च हुन्छ। ३० लाख रुपैयाँ उठिसकेको छ।’

त्यस्तै, होटल संघ नेपालमा वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना महामारीको कारण शिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न सरकारले बजेटमार्फत केही नीति ल्याए पनि कार्यान्वयन नगरेको गुनासो गरे। सरकारले नीति ल्याउने तर काम नगर्ने भएकाले पर्यटन व्यवसायी आफैं पोखराको पर्यटन प्रवर्द्धन गर्न पोखरा सडक महोत्सव गर्न लागिएको शाहले बताए।महोत्सवमा विभिन्न प्रकारका खानाका परिकार, विभिन्न सांस्कति झाँकी तथा ख्याती प्राप्त कलाकार प्रस्तुती र हास्यव्यग्य समेत हुने छ।

 

प्रतिक्रिया दिनुहोस