काठमाडौं ।चैत्राष्टमी चैतेदसैँको अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला शुरू भएको छ। बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
बागलुङ कालिका मन्दिर परिसरमा पहिल्यैदेखि व्यापार मेलाका रुपमा चैतेदसैँ मेला लाग्ने गरेको छ। कालिका भगवती गुठीले केही वर्षअघिदेखि स्वस्फुर्त लाग्ने मेलालाई व्यवस्थापन गर्दै आएको छ । यस वर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ ।
आजदेखि सुरु भएको मेला यही चैत २८ गतेसम्म चल्ने छ । मेलामा आयोजना गरिएको भलिबल प्रतियोगिताको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा सागरले उद्घाटन गरेका छन् ।रु ५३ लाख खर्च हुने अनुमान गरिएको मेला हेर्न कुनै शुल्क लाग्ने छैन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ चैत्र २०७८, ११ : ५४
लेखकबाट थप