स्मार्टडोको नयाँ वर्षको अफर सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २४ चैत्र २०७८, ११ : २९
स्मार्टडोको नयाँ वर्षको अफर सार्वजनिक

काठमाडौं ।नेपालको सबैभन्दा ठूलो अनलाइन किनमेल गन्तव्य स्मार्टडोकोले ‘नयाँ वर्षको अफर’ सार्वजनिक गरेको छ।स्मार्टडोकोले विभिन्न फेसन, इलेक्ट्रोनिक्स सामानहरु, घरायसी सामग्रीहरु, स्वास्थ्य र सौन्दर्य ब्रान्डहरुमा ७१ प्रतिशतसम्मको विशेष कम्बो अफर र आकर्षक छुटहरु ल्याएको हो।

यो अफरमार्फत ग्राहकहरुले माछापुच्छ्रे बैंक र हिमालयन बैंकका क्रेडिट तथा डेबिट कार्ड प्रयोग गरी अनलाइन प्रि–पेमेन्टमा २० प्रीतशत (अधिकतम रु.५००) को अतिरिक्त क्यासब्याकको मजा लिन सक्ने स्मार्टडोकोले जनाएको छ।

त्यस्तै स्मार्टडोकोले ११३ भाग्यशाली विजेताहरुलाई आकर्षक उपहार र गिफ्ट कार्ड दिनेछ। स्मार्टडोकोले ३ जना भाग्यशाली विजेताहरुलाई रु.३००० बराबरको स्मार्टडोकोको उपहार भौचार, ५० जना विजेताहरुलाई एक महिनाको निःशुल्क साेनी लिभ सब्स्क्रिप्सन, हरेक दिन साँझ ५ देखि राति ११ बजेभित्र किनमेल गर्ने ग्राहकहरुलाई आकर्षक उपहारहरु, रु २०० बराबरको सेलपे वालेट तथा ३ जना स्मार्टडोकोको गिभअवेका सहभागीलाई रु.१००० बराबरको गिफ्ट भौचर दिइने कम्पनीले जनाएको छ।

स्मार्टडोकोसँग १० हजारभन्दा बढी उत्पादनहरु रहेका छन्। ग्राहककरुले १० फरक प्रकारका विभिन्न क्याटगोरी जस्तै, कोभिड १९ का लागि आवश्यक सामग्री, फुड र ग्रोसरी, हेल्थ एण्ड ब्युटी, इलेक्टोनिक्स, होम र लिभिड, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सकिनेछ।ग्राहकहरुले आफ्नो अर्डर स्मार्टडोकोको वेभसाइट वा एपमार्फत गर्न सक्नेछन्। स्मार्टडोकोमा ग्राहकहरुले काठमाडौँ उपत्यका र नेपालका ७७ जिल्लामा डेलिभरी सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।स्मार्टडोकोका अनुसार यो अफर चैत २४ देखि ३० सम्ममात्रै लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस