ओलीको कार्यशैलीप्रति माओवादी सशंकित

पत्रपत्रिकाबाट

मंगलबार, ०१ जेठ २०७५, ०७ : २३
ओलीको कार्यशैलीप्रति माओवादी सशंकित

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ । गत असोज १७ गते पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेका दुई पार्टीबीच सात महिनासाँ एकता त भएको छैन नै, सम्बन्धसमेत चिसिँदो अवस्थामा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी सशंकित बनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको पेल्ने प्रवृत्तिबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल तर्सिएका छन् । खास गरी प्रधानमन्त्रीको हेपा प्रर्वत्ति शंका उत्पन्न गराएको छ । एक नेताले भने ।, आजकोकारोवारदैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस