नेपाल लाइफका नवनिर्वाचित अध्यक्ष संघईले लिए सपथ

सफल खबर संवाददाता

बुधबार, २३ चैत्र २०७८, १४ : ५६
नेपाल लाइफका नवनिर्वाचित अध्यक्ष संघईले लिए सपथ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन । 

आज बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन ।