आठ लाख रुपैयाँसहित १३ ‘जुवाडे’ पक्राउ

सफल खबर संवाददाता

बुधबार, २३ चैत्र २०७८, १२ : १९
आठ लाख रुपैयाँसहित १३ ‘जुवाडे’ पक्राउ

काठमाडौं । भक्तपुरको चागुँनारायण नगरपालिका–६, नगरकोट, गैरीगाँउबाट आठ लाख २२ हजार ६० रुपैयाँसहित १३ ‘जुवाडे’ पक्राउ परेका छन् ।मनबहादुर तामाङले आफ्नै तीनतले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटेलमा जुवा (कौडा) खेलाइरहेको अवस्थामा उनीहरू पक्राउ परेका जनाइएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट सो रकमसहित १६ थान कौडा समेत बरामद भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस