भंगेरीडाँडामा रग्बी रंगशाला बन्ने

सफल खबर संवाददाता

बुधबार, २३ चैत्र २०७८, १२ : ०२
भंगेरीडाँडामा रग्बी रंगशाला बन्ने

काठमाडौं ।चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सुरु भएको छ। झण्डै १३५ रोपनी जग्गामा ५५ करोडको लागतमा सो रङ्गशाला निर्माण गर्न लागिएको हो।रंगशाला बनाउन नगरपालिकाले जग्गा उपलब्ध गराएको हो। हाल जग्गा सम्याउने काम भइरहेको छ। ‘भक्तपुरलाई खेलकुदको हब बनाउने योजना छ । 

चालिस हजार दर्शक अटाउने क्षमताको उक्त रंगशालाको डिपिआर सम्पन्न भएको छ। नगरपालिकाले ४० लाख विनियोजन गरेको छ। हाल बुट्यान हटाउने र मैदान सम्याउने काम भइरहेको छ।खेलकुदको भवन निर्माणका लागि समेत चाँगुनारायण–५ बाँसघारीस्थित नगरकोट जाने मुख्य सडकमा पाँच रोपनी जग्गा उपलब्ध गराइने छ ।  

प्रतिक्रिया दिनुहोस