काठमाडौं । केही दिन यता लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार पनि घटेको छ । आज नेप्से सूचक थप ४६।४६ अंकले घट्दै २४ सय ५२।०६ अंकमा झरेको हो ।
यस दिन होटल तथा पर्यटन समूहको उपसूचक बाहेक अन्य सबै सूचकहरु ऋणात्मक ९नेगेटिभ० भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज यस समूहको उपसूचक ०।५ प्रतिशतले मात्र बढेको छ ।
अन्यमा सबैभन्दा बढी आदर्श समूहको सूचक आज अधिकतम ३।६६ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको २।९१ प्रतिशतले र फाइनान्स समूहको २।७२ अंकले घटेको छ ।
यस्तै हाइड्रोपावर समूहको सूचक २।१ प्रतिशतले घटेको आज ट्रेड र बैंकिङ समूहको क्रमशः १।८६ प्रतिशत र १।१५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।यस दिन दुई वटा लघुवित्त कम्पनी नेष्ठो र राष्ट्रिय उत्थानको सेयर मूल्यमा सर्किट लागेको छ भने यता इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले नै गुमेको छ । ४६ अंकमाथिले घटेको बजारमा आज २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ चैत्र २०७८, १५ : ३१
लेखकबाट थप