मुक्तिनाथ विकास बैंकद्वारा चमरधाप प्राविलाई २ लाख आर्थिक सहयोग

सफल खबर संवाददाता

मंगलबार, २२ चैत्र २०७८, १५ : २५
मुक्तिनाथ विकास बैंकद्वारा चमरधाप प्राविलाई २ लाख आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ। सोही योजनाअनुसार बैंकले झापाको बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेक्टलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न रु २ लाख आर्थिक सहयोग गरेको छ।बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रमबीच २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नं १ का प्रमुख मनोज विष्ट, बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा र अन्य कर्मचारीहरुको उपस्थिति तथा राउन्ड टेबलको तर्फबाट अध्यक्ष सुनिल जैसवाल तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो।

यस सहयोगबाट विद्यालयका विद्यार्थीहरुलाई पढ्नको लागि राम्रो वातावरण बन्ने बैंकले विश्वास लिएको छ।बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

 

प्रतिक्रिया दिनुहोस