रणवीर र आलियाले अप्रिल १७ मा विवाह गर्दै

सफल खबर संवाददाता

मंगलबार, २२ चैत्र २०७८, १५ : १४
रणवीर र आलियाले अप्रिल १७ मा विवाह गर्दै

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाहको चर्चा अहिले चलिरहेको छ । टाइम्स अफ इन्डियाले रणवीर र आलियाले यही अप्रिल १७ मा विवाह गर्न लागेको रिपोर्ट प्रकाशित गरेको छ ।

टाइम्स अफ इण्डियाले आलियाका हजुरबुबाको अवस्था खराब रहेकाले विवाह जतिसक्दो चाँडो गर्न लागिएको समेत उल्लेख गरेको छ । उनका हजुरबुबाले पनि आफ्नी नातिनीको विवाह हेर्ने इच्छा राखेकाले पनि विवाह छिटो गर्न लागेको समाचारमा उल्लेख छ ।रणवीर र आलियाले रणवीर कपुरका हजुरबुबा–आमा, राज कपुर र कृष्णराज कपुरको साथमा चेम्बुरको आरके हाउसमा विवाह गर्ने भएका छन् । यहीं रणवीरका आमाबुवा नीतु कपुर र ऋषि कपुरको पनि विवाह भएको थियो ।

हालै रणवीर कपुरका काका रणधीर कपुरले भने विवाहको बारेमा अनभिज्ञता प्रकट गरेका थिए । उनले बुवा राज कपुरको घरमा कुनै सेलिब्रेसन हुन लागेको भए आफूलाई जानकारी हुने भन्दै आफूलाई विवाहको बारेमा जानकारी नभएको बताएका थिए ।भारतीय सञ्चारमाध्यमले भट्ट परिवार स्रोतले उनको विवाह १७ अप्रिलमा हुन लागेको कुराको पुष्टि गरेको उल्लेख गरेका छन् । यो विवाहको तयारीको जिम्मा शादी स्क्वाड नामको इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई दिइएको छ । योसँगै प्रसिद्ध मेहन्दी कलाकार वीणा नागरानीले पनि मेहन्दीको अर्डर पाएकी छन् । तर दुवै पक्षले यो बिहेको समाचारलाई भने अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस