नेपाल बङ्गलादेश बैंक फेदाप शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

सफल खबर संवाददाता

मंगलबार, २२ चैत्र २०७८, १५ : १०
नेपाल बङ्गलादेश बैंक फेदाप शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं ।  नेपाल बङ्गलादेश बैंक फेदाप शाखाले स्थानीय पाँच माध्यमिक विद्यालयमा वित्तीय साक्षारता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ।

उक्त कार्यक्रममा जलजले माध्यमिक विद्यालय, इशुबु माध्यमिक विद्यालय, सम्दु माध्यमिक विद्यालय, सिद्घकाली माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत ५०४ जना विद्यार्थीलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो।

नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनी सप्ताह २०२२’ मा वित्तीय साक्षरता कार्यक्रम चलाउन गरेको निर्देशनअनुसार बचत तथा कर्जा, सफा नोटको नीति, विप्रेषण, शेयर बजार, विद्युतीय ठगी, लघु उद्यम व्यवसाय तथा डिजिटल बैंकिङ, यसका फाइदा, प्रयोग गर्ने तरिकाको बारेमा शाखा प्रमुख थलबहादुर बिष्ट तथा शाखाका अन्य कर्मचारीहरूले विद्यार्थीहरूलाई जानकारी गराएका थिए।

साथै अपरिचित व्यक्तिले सामाजिक सञ्जाल, फोनमार्फत विभिन्न लोभलालच देखाई आफ्ना अति गोपनीय व्यक्तिगत विवरण जस्तै बैंक खाताको विवरण, पासवर्ड, ओटीपी जस्ता विवरण मागी ठगी गर्ने गरेकोले यस्ता ठगी कार्यबाट जोगिन आफ्ना विवरणहरू अनधिकृत व्यक्तिलाई उपलब्ध नगराउनसमेत सचेत गराइएको बैंकले जनाएको छ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस