काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयमा गुल्मीका विभिन्न ग्रामीण स्थानहरु इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ।
उक्त कार्यक्रममा सोही भूभागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीयस्तरका सहकारीमा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो। ग्रामीण भूभागमा बसोबास गर्नेहरुलाई बैंकिङ तथा वित्तीय जानकारी दिने हेतुले सञ्चालन गरिएको कार्यक्रममा करिब १५० भन्दा बढीको सहभागिता रहेको थियो।
बैंक र हेफरको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकका संस्थागत निक्षेप प्रमुख दिलीप पोखरेलले सहभागीहरुलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिङ कारोबारको महत्वबारेमा विभिन्न सन्दर्भ सामग्रीसहित जानकारी दिएका थिए।
हेफर नेपालका प्रतिनिधिहरुले ग्रामीण भूभागमा बैंक र बैंकिङ क्षेत्रले सोही स्थानमा बसोबास गर्ने मानिसहरुमा भएको सकारात्मक प्रभावको बारेमा जानकारी दिएका थिए।बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालय, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ चैत्र २०७८, १२ : १८
लेखकबाट थप