काठमाडौं । पिकअपको ठक्करबाट धनुषामा एकजना पुरुषको मृत्यु भएको छ।
मंगलबार बिहान करिब ८ बजे धनुषाको मिथिला नगरपालिका – ११ बाहुनमारास्थित पृथ्वी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ प नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका– ५ का ५६ वर्षीय शेरबहादुर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका राईको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।
ठक्कर दिने पिकअप र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ चैत्र २०७८, १२ : ०५
लेखकबाट थप