चितवन । चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायम राखेका छन् । राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई पछि पादै उनले अग्रता कायम गरेकान हुन् ।
दाहालले ३ हजार ८६७ मत प्रप्त गर्दा पाण्डेले २ हजार ३३२ मत पाएका छन् । दाहाललाई एमालेले सहयोग गरेको छ भने पाण्डेलाई नेपाली कांग्रेसको साथ छ ।
चितवन क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् । दाहाल र पाण्डेसहित १४ जना उमेदवार चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस