काठमाडौं । प्रदेश नंं. १ मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गर्ने निर्णय गरेको हो ।
प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष जीना कार्की(विराटनगर, मोरङ) र सदस्य सचिव हंशराज वाग्ले(ज्यामिरे, ओखलढुंगा)लाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले निजहरूलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रुपमा तोक्ने निर्णय गरेको प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ चैत्र २०७८, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठक जारी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक जारी