महालक्ष्मी विकास बैंक लि. र सिटिजन लाइफ इन्स्योरेन्स क. लिमिटेडबीच बैंकासुरेन्स सम्झौता

सोमबार, ३१ बैशाख २०७५, १६ : ५७
महालक्ष्मी विकास बैंक लि. र सिटिजन लाइफ इन्स्योरेन्स क. लिमिटेडबीच बैंकासुरेन्स सम्झौता

महालक्ष्मी विकास बैंक लि. ले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्सको सुरुवात गरेको छ ।

यसै सन्दर्भमा मिति २०७५/०१/२६ मा महालक्ष्मी विकास बैँक लि. का प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिटिजन लाइफ इन्स्योरेन्स कं लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले एक समारोह बीच बैंकासुरेन्सको सम्झौता हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंक लि. बाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले चैत्र मसान्तसम्म रु. २५ अर्ब ११ करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७१ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ३ लाख ९० हजार भन्दा बढिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस