काठमाडौं । केन्द्रको निर्णय अनुसार चितवन जिल्लामा पाँच दलको तालमेल भने पनि नेपाली काँग्रेस चितबनले भरतपुर महानगरपालिकाको प्रमुखमा आफ्नो पार्टीको अडान कायम रहेको जनाएको छ। पार्टीले आइतबार बैठक बसी भरतपुरको प्रमुख पद कुनै पनि हालतमा नछाड्ने निर्णय गरेको छ।
केन्द्रीय परिपत्रअनुसार दलगत वस्तुस्थितिका बारेमा प्रतिबेदन तयार गर्न कार्यदल बनाउने निर्णय गरेको काँग्रेतका जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिए । उक्त निर्णयबाट भने आफूहरू पछि नहटेको सभापति खनालले बताए । महानगरको सबालमा मेयर पाउनुपर्ने हाम्रो बटमलाइन हो हामी छाड्दैनौं । केन्द्रले गठबन्धनको बैठक बस्नु भनेकाले बसिएको हो’, सभापति खनालले भने।
माओबादी केन्दले पनि भरतपुरको प्रमुख पदमा दाबी कायमै राखेको छ। विगतमा आफूले राम्रो काम गरेकाले कामको निरन्तरताका लागि पार्टीले जिम्मेवारी दिएमा आफू पछि नहट्ने भरतपुरका मेयर रेनु दाहालले बताइन् । माओबादी केन्द्रले जिल्लाका चुनावी कार्यक्रममा प्रमुख पदमा दाबी रहेको बताउँदै आएको छ।
चितवनका सत्ता गठबन्धनका पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन्।गोरखापत्रमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २२ चैत्र २०७८, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन