रियलमीको ‘१०० डेज रिटेलर स्किम’: चितवनकाे ए२जेड मोबाइल्सले जित्यो प्रोटोन सागा कार

सफल खबर संवाददाता

सोमबार, २१ चैत्र २०७८, १५ : ०५
रियलमीको ‘१०० डेज रिटेलर स्किम’: चितवनकाे ए२जेड मोबाइल्सले जित्यो प्रोटोन सागा कार

 

काठमाडौँ ।  रियलमी स्मार्टफोन ब्रान्डले आफ्नो १०० डेज रिटेलर स्किमका विजेताहरुको घोषणा गरेको छ। यो स्किम नेपालभर रहेका एकहजारभन्दा बढी रियलमी ब्रान्डका रिटेलरहरुबीच १०० दिन चलेको थियो।

विजेताहरुलाई विभिन्न आकर्षक उपहारहरु एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो। स्किम २०२१ को सेप्टेम्बर २१ देखि डिसेम्बर २१ मा अन्त्य भएको थियो।  सबै विजेता रिटेलरहरुलाई उक्त कार्यक्रममा उपहारहरु वितरण गरिएको थियो। ए२जेड मोबाइल्स नारायणघाटले प्रोटोन सागा कार जितेको थियो। रियलमी नेपाल प्रमुख मुनिस गिरी, बिक्री निर्देशक दीपक नाक्रा, शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जाटिया र उपाध्यक्ष सुलभ अग्रवालको उपस्थितिमा उपहार वितरण गरिएको थियो।

रियलमी नेपालमा लन्च भएसँगै यो स्किम सबै वितरण च्यानलहरुको लागि खुला गरिएको थियो। यो स्किम लन्च हुँदा रियलमीका चारवटा स्मार्टफोन रियलमी सी२१, रियलमी सी२०, रियलमी सी११ २०२१ र रियलमी ८ मात्र नेपाली बजारमा उपलब्ध थिए।

पहिले कहिल्यै नदेखिएको मूल्य र आक्रामक बजार रणनीतिका साथ यी स्मार्टफोनहरु नेपाली बजारमा ल्याइएका थिए।

टेक जीवनशैलीमा उच्च गुणस्तरीय सेवा दिन माहिर रियलमी स्मार्ट फोनको क्षेत्रमा ट्रेन्ड सेटिङ ब्राण्ड हो। कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्वारा संयुक्त रुपमा सन् २०१८ मे ४ मा आधिकारिक रुपमा यसको स्थापना गरिएको थियो।

२०२१ को दोस्रो क्वाटरमा जिटी सिरिज, नम्बर सिरिज, नार्जो सिरिज र सी सिरिजलगायतका एन्ट्री लेभलदेखि फ्लागशिप खण्डहरुसम्मको समग्र स्मार्टफोन पोर्टफोलियोका साथ रियलमी विश्वको नम्बर ६ स्मार्टफोन ब्रान्ड बनेको छ।

 

प्रतिक्रिया दिनुहोस