सिटिजन्स बैंक र एनपीआई नारायणी सामुदायिक अस्पतालबीच समझदारी

सफल खबर संवाददाता

सोमबार, २१ चैत्र २०७८, १४ : ५४
सिटिजन्स बैंक र एनपीआई नारायणी सामुदायिक अस्पतालबीच समझदारी

 

काठमाडौँ  ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनपीआई नारायणी सामुदायिक हस्पिटल लि. चितवनबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। बैंकले हालसम्म कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ।

मोबाइल बैकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्र्रल (यो सुविधामार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरुले विनाकार्ड  एटीएमबाट पैसा निकाल्न सक्नेछन्) र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतको व्यवस्थासमेत बैंकले गरेको छ।

बैंकले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै कियोस्क सेवाको सुरुवात गरेको छ। कियोस्कमार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटीएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोगविना नै प्राप्त गर्न सक्नेछन्।

बैंकले देशैभर फैलिएका आफ्ना १७४  वटा शाखा,  १२५  वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ ईकाईहरुबाट  १३ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस