शाओमी १२ प्रो नेपाली बजारमा

सफल खबर संवाददाता

सोमबार, २१ चैत्र २०७८, १४ : ३६
शाओमी १२ प्रो नेपाली बजारमा

काठमाडौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफी र इन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याइएको हो।

यसको ६।७३ इन्चको स्लिक मिडल फ्रेम डिस्प्लेलाई सोफिस्टिकेटेड थ्रीडी कर्भले झनै आकर्षक देखाएको छ। यो १२ जीबी, प्लस २५६ जीबीको स्टोरेजमा नीलो र बैजनी रङमा शाओमीको आधिकारिक स्टोरहरुमा उपलब्ध छ। यसको मूल्य रु एक लाख १४ हजार ९९९ रहेको छ।

प्रतिक्रिया दिनुहोस