स्याङ्जामा पुल भत्किँदा ८ जना घाइते

सफल खबर संवाददाता

सोमबार, २१ चैत्र २०७८, १३ : ०३
स्याङ्जामा पुल भत्किँदा ८ जना घाइते

पाेखरा  । स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाकाे अवस्था गम्भीर छ ।

चापाकोट नगरपालिका- ८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झरेकाे र उक्त सामानसहित पुलकाे केही भाग झरेर कामदारलाई लागेकाे हाे । 

स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरुकाे पाल्पामा उपचार भइरहेकाे छ । पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस