काठमाडौँ । हुम्ला जिल्लालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने प्रयास स्वरुप अध्ययन सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको समन्वयमा परामर्सदाताको विज्ञ टोलीले यहाँ आएर अध्ययन थालेको हो ।
टोलीका समाजशास्त्री सुवर्ण चन्दका अनुसार हुुम्ला चारवटा र मुुगुुको छायाँनाथ रारा नगरपालीकालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्दा पर्ने वातावरणीय प्रभाव मुल्याङ्कन गर्न चार सदस्यीय टोली आएको हो । हुम्लाका सिमकोट, खार्पुनाथ, सर्केगार्ड र चङ्खेलीगाउँपालिकामा टोलीले अध्ययन गर्ने छ ।
टोलीले सिमकोट गाउँपालिका–५ का जनप्रतिनिधि र स्थानीयसँग छलफल गरिसकेको छ । स्थानीयले जटि सक्दो चाँडो प्रशारण लाइनको काम अघि बढाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ चैत्र २०७८, १३ : ०२
लेखकबाट थप