पाटन कलेज फर प्रोफेसनल स्टडिजबाट ८८ विद्यार्थी दीक्षित

सफल खबर संवाददाता

सोमबार, २१ चैत्र २०७८, १२ : ५७
पाटन कलेज फर प्रोफेसनल स्टडिजबाट ८८ विद्यार्थी दीक्षित

काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित पाटन कलेज फर प्रोफेसनल स्टडिजको चौथो दीक्षान्त समारोह सम्पन्न भएको छ। पाटन कलेज फर प्रोफेसनल स्टडिज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो।

दीक्षान्त समारोहमा क्याम्पसका बीएस्सी आनर्स कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इञ्जिनियरिङ र बीबीए अध्ययन गरेका ८८ विद्यार्थी दीक्षित भएका थिए। त्यसैगरी क्याम्पसका अध्यक्ष ई. पंकज जालानले अध्यक्षीय मन्तव्य दिँदै दीक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिए।

अध्यक्ष जालानले सरकार तथा निजी शैक्षिक संस्थाले देशको शैक्षिक क्षेत्रको समष्टिगत विकासका लागि सहकार्य गर्नुपर्ने बताए। उनले यसको लागि दुवै पक्षको सहकार्यका लागि सरकार नीतिगत रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए।कलेजका कार्यकारी निर्देशक प्रकाशकुमार केजरीवालले स्वागत मन्तव्य दिएको कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल ब्रिटेन चम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र खेतान सहभागी भएका थिए।

नेपाल सरकार, शिक्षा मन्त्रालयले संस्थालाई कलेज सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको छ। संस्थाले त्रिभुवन विश्वविद्यालयद्वारा मान्यता पनि प्राप्त गरेको छ। युनिभर्सिटी अफ बेडफोरसायर टाइम्स युके रैकिङअनुसार विश्वको ६०० देखि ८०० स्थानको बीचमा पर्छ।सुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको कलेजले अहिलेको व्यवसायिक युगलाई सुहाउँदो जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस