काठमाडौँ । सडक विभागले सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाको ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।
आयोजनाको मीनभवनमा रहेको कार्यालयले २ वटा ठेकेदार कम्पनीलाई सोमवार सार्वजनिक सूचना जारी गर्दै स्पष्टीकरण सोधेको हो ।गत बैशाख र जेठमै काम सक्नुपर्ने भएपनि उनीहरूले काम नसकेपछि आयोजनाले स्पष्टीकरण सोधेको हो ।
आयोजनाले ७ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।७ दिनभित्रमा चित्तबुझ्दो जवाफ नआएमा ठेक्दा तोड्नेसमेत आयोजनाले सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ चैत्र २०७८, १२ : १०
लेखकबाट थप