भद्रकाली फुटसल बन्याे काठमाडौँ रेजर्स फुटसलको विजेता

सफल खबर संवाददाता

सोमबार, २१ चैत्र २०७८, ११ : ५३
भद्रकाली फुटसल बन्याे काठमाडौँ रेजर्स फुटसलको विजेता

काठमाडौँ । काठमाडौँ रेजर्स फुटबल क्लबले एकदिने फुटसल प्रतियोगिता आयोजना गरेको छ। फ्यानहरुसँग अन्तरक्रिया गर्नुका साथै क्लबका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र मार्की प्लेयर बिकेश कुथुलाई भेट्ने अवसर प्रदान गर्ने उद्देश्यले फुटसल आयोजना गरिएको क्लवले जनाएको छ।

‘फ्यानहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न र फुटबलको विकास गर्न यो कार्यक्रम आयोजना गरिएको हो’, टिम डाइरेक्टर विज्ञानराज शर्माले भने। काठमाडौँ रेजर्सको आधिकारिक फेसबुक पेजमा फेसबुक लाइभमार्फत १५० भन्दा बढी दर्ताबाट लक्की ड्रमार्फत १६ टोली छनोट गरिएको थियो। प्रत्येक खेल नकआउट विधिबाट खेलाइएको थियो।

विजेताले १५ हजार नगदसहित प्रमाणपत्र, मेडल, ट्रफीसहित टिमको टि–सर्ट प्राप्त गरेका थिए। भद्रकाली फुटसल फाइनलमा टर्फ किंगलाई पराजित गर्दै प्रतियोगिताको विजेता बनेको  थियो ।  प्रतियोगिताका विजेता तथा सहभागी टीमहरुलाई टीम निर्देशक शर्मा, टीम व्यवस्थापक राजेश मानधर र मुख्य प्रशिक्षक महर्जनले प्रमाणपत्र र टीमको टि–सर्ट प्रदान गरेका थिए।

काठमाडौँ रेजर्स फुटबल क्लब पहिलो एनएसएल प्रतियोगिताको विजेता क्लब एवं वर्तमान च्याम्पियन हो।

 

प्रतिक्रिया दिनुहोस