नेपाल भित्रियो चेन होटल शिन्तामणि

सफल खबर संवाददाता

सोमबार, २१ चैत्र २०७८, ११ : २०
नेपाल भित्रियो चेन होटल शिन्तामणि

काठमाडौँ । अन्तर्राष्ट्रिय ‘चेन होटल’का रुपमा रहेको शिन्तामणि होटलले नेपालमा आफ्नो सेवा दिने भएको छ।मुस्ताङको चर्चित मोक्ष होटलको व्यवस्थापनलाई शिन्तामणि होटलले लिएको हो। शेर्पा हस्पिलाटिली ग्रुपअन्तर्गत सञ्चालन भइरहेको मोक्ष होटलको व्यवस्थापन अब शिन्तामणि होटलले गर्ने जनाइएको छ। शिन्तामणि होटलले विश्वका विभिन्न स्थानमा आरामदायी होटल सञ्चालन गर्दै आएको छ। 

शिन्तामणि विश्व बजारमा जंगलका बीचमा महँगो होटल सञ्चालन गरेर ख्याति कमाएको ‘ब्राण्ड’ हो। रु एक अर्ब १० करोड लगानीमा निर्माण भई सञ्चालनमा रहेको सो रिसोर्टको व्यवस्थापन भने आगामी अक्टोबरदेखि सम्हाल्ने गरी दुईपक्षीय सम्झौता भएको हो।सो ब्राण्डले खर्चालु पर्यटकका लागि लक्षित गरी निर्माण गरिएका होटल तथा रिसोर्टको व्यवस्थापन सम्हाल्दै आएको छ।कम्पनीले न्यूनतम तीन दिनको बुकिङ लिने भएकाले १५ सयदेखि ३ हजार डलरसम्म एउटा कोठाको मूल्य निर्धारण गरी प्याकेज बिक्री हुने जनाएको छ।

अमेरिकन आर्किटेक बिल बेन्स्लीले शिन्तामणि होटल ब्रान्डको सुरुवात गरेका हुन्। कम्बोडियाको जङ्गल पर्यटनमा आफ्नो प्रयोग सफल भएको र नेपालमा पनि सफल हुने उनको विश्वास छ। विश्वभरका पर्यटकलाई थकाइ मार्ने मुख्य गन्तव्य जोमसोम बनाउने उद्देश्यका साथ काम सुरु गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस