इन्टर मिलानद्धारा युभेन्ट्स पराजित

एजेन्सी

सोमबार, २१ चैत्र २०७८, ०७ : ५५
इन्टर मिलानद्धारा युभेन्ट्स पराजित

एजेन्सी ।  हाकान कालहानोग्लुको निर्णायक गोलमा इन्टर मिलानले इटालीयन सिरी ए मा युभेन्ट्सलाई १-० अन्तरले पराजित गरेको छ ।

आइतबार राति टुरिनमा भएको खेलमा  पहिलो हाफको इन्जुरी समयमा हाकानले पेनाल्टीमा गोल गरे ।बाकी समय दुबै टोलीबाट गोलका प्रयास भएपनी सदुपयोग हुन सकेन ।

जितपछि इन्टर ३० खेलबाट ६३ अंक बनाउदै तेस्रो स्थानमा छ । ३१ खेलबाट ५९ अंक बनाएको युभेन्ट्स चौथो स्थानमा छ । लिगको शीर्ष स्थानमा भने एसी मिलानलाई पछि पार्दै नापोली रहेको छ ।

प्रतिक्रिया दिनुहोस