आजदेखि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँको कति ?

सफल खबर संवाददाता

आइतबार, २० चैत्र २०७८, २० : ०८
आजदेखि बढ्यो सार्वजनिक यातायातको भाडा,  कहाँको कति ?

काठमाडौं । आजदेखि सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा बढेको छ ।

यातायात व्यवस्था विभागले आइतबार नै भाडादरको सूची सार्वजनिक गरेको छ ।

सूचीमा जनाइए अनुसार अब एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि भएको छ ।

पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर १५ प्रतिशतले बढेको सूचीमा जनाइएको छ । 

मन्त्रालयले अब इन्धनको मूल्य ५ प्रतशितभन्दा धेरैले घटबढ भएमा सो अनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस