चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति सत्यता नभएको दाबी गरेका छन् । थापाले भने, ‘छलफलका लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो । त्यही कुरा हिजो सार्वजनिक कार्यक्रममा सरासर झुट बोल्नुभयो । त्यही कुरा मिडियाले स्थान दिए ।
ओलीले केही दिनअघि प्रधानमन्त्री देउवालाई वृद्धभत्ता लिन आउनुस्, भनेको भनाइप्रति महामन्त्री थापाले कटाक्ष समेत गरेका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नु भयो । उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिनु भन्नुभयो । अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ । तपाईं पनि लिन आउनुस् भन्न मिल्छ ? हामी त्यो स्तरमा जान मिल्छ ?’
महामन्त्री थापाले आगामी निर्वाचनमा ओलीलाई ५ वर्षका लागि पाएको अवसर किन दुरुपयोग गरेको ? भन्दै प्रश्नसमेत गरेका छन् । ओलीप्रति प्रश्न गर्दै थापाले भने, ‘नेकपा सरकार हुँदा ओलीले ५ वर्ष सरकार चलाउने मौका पाउँदा किन विकास नगरेको पार्टी र संसद् किन तोडेको ? भनेर सोध्न सक्नुपर्छ ।’ स्थानिय तहको निर्वाचनमा तालमेलबारे पार्टीभित्र फरक मत राखेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ ।
गत निर्वाचनमा ओलीले माओवादी केन्द्रसँग रातारात गरेको तालमेल सही भए अहिले कांग्रेसले गरेको गठबन्धन पनि सही हुने उनले दाबी गरे । यस्तै थापाले जनतासगँ नेता डराउनुपर्ने बताएका छन् । अघिल्लो चुनावमा गर्छु भनेका काम र विकास पूरा नगराएका व्यक्ति जनतासँग डराउनुपर्ने तर यसको उल्टो हुँदै गएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० चैत्र २०७८, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा
‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा