भ्वाइस कल गर्न मिल्ने कस्पेटको स्मार्टवाच नेपाली बजारमा

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, १५ : ०९
भ्वाइस कल गर्न मिल्ने कस्पेटको स्मार्टवाच नेपाली बजारमा

नेपालका लागि कस्पेटको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजी प्रालिले नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरु लन्च गरेको छ।कम्पनीले नेपाली बजारको मागलाई ध्यानमा राखेर पहिलो पटक फोन कल गर्न सकिने स्मार्टवाच ल्याएको हो।

कम्पनीले नेपाली बजारमा युरोपको स्मार्टवाच ब्राण्ड कस्पेट म्याजिक थ्रीएस र कोस्पेट ट्यांक एम१ स्मार्टवाचहरु भित्र्याएको हो। यी दुवै स्मार्टवाचहरु नेपालभर उपलब्ध भइसकेका छन्। कस्पेटका सम्पूर्ण स्मार्टवाचहरु युरोपेली मापदण्ड र स्तरअनुसार उत्पादन गरिएका छन्।म्याजिक थ्रीएस नामक नयाँ मोडलको स्मार्टवाचमा आईफोन तथा कुनै पनि एन्ड्रोइड स्मार्टफोनमा कनेक्ट गरेर स्मार्टवाचबाटै सीधै भ्वाइस कल गर्न वा कुराकानी गर्न सकिने फिचर रहेको छ।यो स्मार्टवाचमा १.६९ इन्चको टिएफटी डिस्प्ले राखिएको छ भने पावरका लागि २६० एमएएचको ब्याट्री प्याक रहेको छ। कस्पेट म्याजिक थ्रीएस स्मार्टवाचलाई एकपटक चार्ज गरेपछि ७ दिनसम्म सजिलै चलाउन सकिन्छ।

कस्पेटको म्याजिक थ्रीएस स्मार्टवाचमा २० विभिन्न प्रकारका स्पोर्टस मोड छन् भने यसले ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ। त्यसैगरी प्रयोगकर्ताको शरीरको तापक्रम नाप्ने सुविधासमेत रहेको छ। स्मार्टवाच आईपी ६७ वाटर रेसिस्ट्यान्टसहित आउनेछ यो स्पोर्टी लुक मन पराउने प्रयोगकर्ताहरुका लागि ध्यानमा राखेर ल्याइएको हो। कस्पेट ट्यांक एम१ मा १.७२ इन्चको ठूलो टिएफटी डिस्प्ले साइज राखिएको छ। यसमा ३८० एमएएचको पावरफुल ब्याट्री रहेको छ। जसले एक चार्जमा १५ दिनसम्म प्रयोग गर्न सकिनेछ।

ट्यांक एम१ स्मार्टवाचमा २० वटा फरक स्पोर्टस मोडहरु छन्। यसले प्रयोगकर्ताको ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ।स्मार्टवाच ५ मिटरसम्म पानीमा पर्दा पनि केही नहुने किसिमको वाटर रेसिस्ट्यान्ट प्रविधियुक्त रहेको कम्पनीको दाबी छ। ५० ओटा वाच फेसेज, कल रिमाइन्डर रहेको छ।कम्पनीका अनुसार आउटडोरको लागि निकै उपयुक्त कस्पेट ट्यांक एम१ डस्टप्रुफ र शकप्रुफ रहेको छ।

‘हामीले कस्पेटका स्मार्टवाचहरु पहिलेदेखि नै बेचिरहेका छौं। अहिले नेपालमा पहिलो पटक कल गर्न मिल्ने सुविधासहितको स्मार्टवाच भित्र्याएका छौं। यी सबै युरोपेली मापदण्डका स्मार्टवाचहरु नेपाली प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर ल्याइएको हो’, क्रोमा टेक्नोलोजीका बिक्री प्रबन्धक नवीन पण्डितले भने।कम्पनीले नेपाली बजारमा कस्पेटका सम्पूर्ण स्मार्टवाचहरुमा १२ महिनाको वारेन्टी दिएको छ। यी स्मार्टवाचहरु नेपालभर उपलब्ध रहेका छन्। बजारमा कस्पेट म्याजिक थ्रीएसको बजार मूल्य ७ हजार ४९९ रुपैयाँ तथा कस्पेट ट्यांक एम १ को मूल्य ७ हजार १९९ रुपैयाँ तोकेको छ।

प्रतिक्रिया दिनुहोस