शान्ति समाजको ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान सञ्चालन

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, १२ : ५०
शान्ति समाजको ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान सञ्चालन

काठमाडौ । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ ।
जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना जगाउन गोरखादेखि शुरू भएको अभियानअन्तर्गत शुक्रवार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमूलक र्‍याली र कोणसभा गरिएको छ । 
‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाःसबैको अधिकार’ भन्ने मूल नाराका साथ २१ जिल्लामा ‘युद्ध निषेधःशान्ति विशेष’ र लागूऔषध तथा दुव्र्यसनविरुद्ध अभियान सञ्चालन गरिने छ । 
मुस्ताङको जोमसोम, मुक्तिनाथ, कोरला नाका पुग्ने अभियानको टोली फर्किएर स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, तौलिहवा, भैरहवा, सुनवल, बर्दघाट र गैंडाकोट हुँदै चैत २५ गते चितवनमा समापन गरिने छ । 
प्रत्येक ठाउँमा तापक्रम वृद्धिले पारेको असर र न्यूनीकरणका उपायसम्बन्धी पर्चा वितरण, सडकमा र्‍याली र कोणसभा गरिने समाजले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस